सरकार र कांग्रेसबीच अनौपचारिक सहमति, सहकारी रकम अपचलनबारे छानबिन समिति बन्ने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सदन सुचारु गर्ने अनौपचारिक सहमति भएको छ । सहकारी ठगीबारे ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको हो ।

यसलाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले औपचारिकता दिने बताइएको छ । समितिमा पाँच दलका प्रतिनिधि रहने भएका छन् । जसमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक/एक जना रहने छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार पनि थिए।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here