महिन्द्रा उदय सुरु, छ नयाँ सवारी साधन सार्वजनिक

काठमाडौं, १० फागुन । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलो पटक बृहद एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुभारम्भ गरेको छ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गरेकी छिन् ।

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको ३० भन्दा बढी मोडलका उत्पादनलाई उक्त प्रदर्शनीमा राखेको छ । आजकै कार्यक्रममा महिन्द्राले ६ वटा नयाँ गाडि पनि नेपालमा सार्वजनिक गरेको छ ।

महिन्द्राको बहुप्रतिक्षित एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्द्रिाको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५को पनि सार्वजनिक गरेको छ ।

महिन्द्राका उत्पादन नेपाली बजारमा आजभन्दा करीब २७ वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आईरहेको छ । महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नी इन्कर्पेरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो शो आयोजना गरेका हुन् ।

आकर्षक डिजाइन, उत्कृष्ट पफर्मेन्स र विशेषताका एसयूभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राख्ने छ । एसयूभी, इलेक्ट्रीक सवारी, दुईपाङ्ग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारी साधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने छ ।

यो प्रदर्शनीमा अटो शोका साथै विभीन्न कलाकारहरुको लाइभ प्रफर्मेन्सको आनन्द लिनुका साथै विभीन्न स्वादका खानाहरुको पनि मजा लिन सकिनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here