पेट्रोलियम पदार्थको मूल्य घट्यो, आज देखि नयाँ मूल्य लागु

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले आज शनिबार देखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

यता हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here