विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा रहेको छ । ​पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ६ पैसा रहेको छ । त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८ रूपैयाँ ५२ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा रहेको छ ।​ कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ९९ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here