‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताए ।

‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरूलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको सुरुवात गर्नुभएछ,’ उनले भने, ‘कानून बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहान्छौँ । राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ ।’

तर, मुलुक हुकुमी शासनमा चल्ने होइन। कानुन अनुसार चल्नुपर्छ। कुनै पनि काम गर्दा कानुन निर्माण गरेर, कानुनी राज्य अनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो। हामीले देख्यौँ। मापसे गरेका मान्छेहरुलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे’, उनले भने, ‘यो कुन कानूनमा र कुन नियममा छ ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि ? मन्त्रालयबाट पत्राचार भएको छ कि ? यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here