दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा पुगेको हो ।

यसदिन ३२५ कम्पनीको ४ अर्ब ३१ करोड १० लाख १५ हजार २२९ रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच भएको छ ।

आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा आज २ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नारायणी विकास बैंकका शेयरधनीले सर्वाधिक ९.१३ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here