प्रभु बैंकका ग्राहकले न्यू होटल पिस प्यालेस र होटल दी राजनमा छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बागलुङस्थित न्यू होटल पिस प्यालेस र होटल दी राजनले विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् ।

दुवै होटल र बैंक बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौतामापत्रमा न्यू होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दी राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here