झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको हो ।

यसदिन ३१५ कम्पनीको ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँ बराबरको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेक सबैको बढेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड ९२ लाख रुपैयाँको २ लाख ३० हजार ३०० कित्ता शेयर किनबेच भएको छ । आज ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, नाराणणी विकास बैंक ८.२४ प्रतिशत, महुलि लघुवित्त, हिमालयन लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here