कच्चा तेलको मूल्यमा उच्च गिरावट

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । तेल उत्पादक देशहरूले उत्पादन कटौती अवधि अझै डेढ वर्ष लम्ब्याउने घोषणाको बाबजुत मूल्यमा भारी गिरावट आएको हो ।

पछिल्लो एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको छ । आयल प्राइस डटकमका अनुसार जेठ १५ गते प्रतिब्यारेल ८३.९४ अमेरिकी डलर रहेको ब्रेन्ट क्रुड आयको भाउ आज ७७.५१ डलरमा झरेको छ । ८ दिनमै ब्रेन्ट क्रुडको भाउ ६.४४ डलर अर्थात् ७.६२ प्रतिशतले घटेको छ ।

त्यस्तै, डब्ल्यूटीई क्रुड आयको भाउ ७९.८३ डलरबाट घटेर ७३.२० डलरमा आएको छ । एकसातामा मुर्बान क्रुड आयको भाउ प्रतिब्यारेल ८५.३ डलरबाट ७८.०३ डलरमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here