झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार करिब ४ अंकले बढेको नेप्से आज साढे ५ अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ९ करोड घटेर आज ३ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ८ को घटेको छ । आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ । साथै, लघुवित्तहरुको सेयरमा पनि आकर्षण देखिएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ३ लाख रुपैयाँको ३ लाख १५ हजार २५१ कित्ता शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here