दक्षिणकालीको भिरमा भेटिएका शवको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भिरमा फेला परेको दुई जनाको शवको पहिचान खुलेको छ ।

धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सरिता राई मृत फेला परेको प्रहरीले जनाएको छ।

बुधबार साँझ भिरमा दुई जनाको शव रहेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। घटनास्थलमा प्रदेश ३- ०२-००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको थियो। खनाल र राईको केही दिन अघि नै मृत्यु भएको हुनुपर्ने प्रहरीको भनाइ छ। कसरी भएको भन्नेबारे खुलिसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here