काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सरकारले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक सूचना जारी गर्दै कोठा भाडामा लिई स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराउन लागेको हो ।

यो सुबिधा काठमाडौं उपत्यका रहेका विद्यार्थीको हकमा मात्र लागु हुने छ । केन्द्रले चुलोका लागि त्यही अनुसार आवेदन दिन अनुरोध गरेको छ ।

एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्न यो अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

आवेदन दिनका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । केन्द्रले विशेषगरी अति दुर्गम र दुर्गम स्थानबाट आएका विद्यार्थीलाई विद्युतीय चुलोका लागि आवेदन दिन आग्रह गरेको छ ।

तर यसअघि केन्द्रबाट विद्युतीय चुलो पाएका विद्यार्थीले भने आवेदन गर्न पाउदैनन् वा आवेदन आउदाँ स्वतः खारेज हुने केन्द्रले जनाएको छ । त्यसैगरी आवश्यक कागजात पेश नगरेका विद्यार्थीको माग पनि स्वतः खारेज हुनेछ ।

आवेदनका लागि यसका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न सक्नेछन् । केन्द्रको वेबसाइटबाट शैक्षिक संस्थाको सिफारिस नमुना डाउनलोड गर्नुपर्ने हुन्छ । सो निवेदनमा क्याम्पस प्रमुखको हस्ताक्षर गराउनुपर्ने हुन्छ । त्यसपछि माथि उल्लेख गरिएका कागजात र अन्य विवरण bioenergy@aepc.gov.npईमेलमा पठाउनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here