गुगलविरुद्ध १३ अर्ब ६० करोड पाउण्ड बराबरको मुद्दा

काठमाडौं । गुगलले अनलाइन विज्ञापन बजारमाथि अधिकार जमाएको भन्दै भन्दै १३ अर्ब ६० करोड पाउन्डको मुद्दा चलाउनुपर्ने एक अदालतले फैसला सुनाएको छ ।

एड टेक कलेक्टिभ एक्सन एलएलपी नामक समूहले ल्याएको यो मुद्दामा सर्च जायन्टले प्रतिस्पर्धाविरोधी तरिकाले व्यवहार गरेको आरोप लगाइएको छ । जसले गर्दा बेलायतका अनलाइन प्रकाशकहरूले ठुलो मात्रामा पैसा गुमाएका छन्। गुगलको मूल कम्पनी अल्फाबेटले कानुनी कारबाही खारेज गर्ने प्रयासमा यो मुद्दालाई असंगत भनेको छ ।

तर लण्डनस्थित कम्पिटिशन अपील ट्रिब्युनलले यो मुद्दा अब सुनुवाइमा जान सक्ने फैसला सुनाएको छ ।

एडटेक कलेक्टिभ एक्सनका साझेदार तथा पूर्व अफकम निर्देशक क्लाउडियो पोलाकले भने,’यो एडटेकमा गुगलको प्रतिस्पर्धा विरोधी आचरणका पीडितहरूका लागि ठूलो महत्वको निर्णय हो। गुगलले अब पूर्ण परीक्षणमा यसको अभ्यासको जवाफ दिनु पर्नेछ।’

गुगलका कानुनी निर्देशक ओलिभर बेथेलले भने यो मुद्दालाई काल्पनिक र अवसरवादी भनेका छन् । ‘हामी यसको कडा विरोध गर्नेछौं र तथ्यका आधारमा गर्नेछौं,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here