प्रधानमन्त्री प्रचण्ड आइतबार मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्ड, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा सहभागी हुन मोदीले निमन्त्रणा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here