रन सुजको ‘साँवा भन्दा ब्याज ठुलो रिलोडेड’, ग्राहकलाई बोक्न सक्ने जति पैसा दिने

काठमाडौं, ९ असोज । रन सुजले दशै तिहार लक्षित उपहार योजना ‘साँवा भन्दा ब्याज ठुलो रिलोडेड’ सार्वजनिक गरेको छ ।

यसअन्तर्गत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन मार्फत आफूले बोक्न सक्ने जति पैसा र रु. २ लाखसम्म प्राप्त गर्न सकिने छ ।

कम्पनीका अनुसार यस योजनामा ७ वटै प्रदेशवाट ७ जनालाई आफूले बोक्न सकेजति रुपैयाँ दिइने छ । साथै, स्क्र्याच कार्ड मार्फत ग्राहकले रु. २ लाखसम्म नगद प्राप्त गर्न सक्ने छन् ।

स्वदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, विविधता तथा गुणस्तरमा रन सुजले विशेष जोड दिएको कम्पनीको भनाइ छ ।

रन सुज इण्डष्ट्रिज प्रा.लि. को उत्पादन रन सुजले जुत्ता तथा चप्पलहरुका नयाँ मोडलहरु करीब २ सय ५० मोडल समेत सार्वजनिक गरेको छ ।

नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज, स्कुल कलेज सुज तथा लेडिज र जेन्सका चप्पलहरु रहेका छन् ।
रनका जुत्तामा ६ महिनाको वारेन्टी रहेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here