मोदीको शपथ समारोहमा सहभागी हुन भारत उडे प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका छन्।

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

मोदीको शपथ ग्रहण समारोहको निम्तो मान्न गएका प्रधानमन्त्री प्रचण्डको बिदाईका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री, उच्च पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here