झिनो अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३. १९विन्दुमा झरेको हो ।

यसदिन ३१३ कम्पनीको ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको ३२ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज बुद्ध भूमि नेपाल हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here