‘फ्लोर क्रस’ गरेका देवकोटा बने ऊर्जामन्त्री, मनाङेलाई भौतिक पूर्वाधारको जिम्मा

काठमाडौं । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) र सोमबार फ्लोर क्रस गरेका सांसद फणिन्द्र देवकोटा मन्त्री बनेका छन् ।

‘फ्लोर क्रस’ गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) छैटौंपल्ट मन्त्री बन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका छन् । दुवै मन्त्रीले मंगलबार शपथ ग्रहण गरे । उनीहरूलाई प्रदश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here