भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, बम्पर उपहार मोटरसाइकल

काठमाडौं, ९ असोज । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट सुरु भएको छ । पुर्वप्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिन् ।

मेला उद्घाटन गर्दै पुर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् । मेला अवलोकन गर्दै कार्कीले व्यापार व्यवसायमा महिलाको सहभागिता व्यापक बन्दै गएकाले सरकारी जागिरको मुख ताक्नु पर्ने अवस्थामा न्युनीकरण हुने अपेक्षा व्यक्त गरिन् ।

‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।

चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसनले फेस्टिवल मार्केट सुरु गरेको हो । फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहार प्रदान गरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिने बताईएको छ ।

राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिगं मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रलिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ ।

असोज ९ गतेदेखि संचालन भएको फेस्टिवल सपिंग मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here