सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको आपत्ति

काठमाडौं । सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा दिएको अभिव्यक्तिप्रति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आपत्ति जनाएकी छन् ।

बुधबार सांसदद्वय केसीले संसद्‌मा बजेटमाथि आफ्नो धारणा राख्दै ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला‘’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै, अर्का सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रुपमा चित्रण गरेको बताएका थिए ।

अर्का सांसद योगेन्द्र मण्डलले पनि नारीलाई कसैको रहर पूरा गर्ने साधनको रूपमा चित्रण गरेको स्टाटसमा लेखिएको छ । ‘अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलात्कारजस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रूपमा चित्रण गर्नुभएको छ,’ सुमनाले भनेकी छन्, ‘समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ ।’

उनीहरूको टिप्पणीले आफूलाई स्तब्ध बनाएको र उनीहरूको ‘कुतर्क’प्रति आफ्नो आपत्ति रहेको श्रेष्ठको भनाइ छ ।

‘समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ । शिक्षित हुनुको अर्थ कक्षा उत्तीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो,’ श्रेष्ठले भनेकी छन्, ‘सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नु हुन्न र कस्तो मान्छे बन्नु हुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो, शिक्षित हुनु भनेको ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here