झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा झरेको हो ।

यसदिन ३१३ कम्पनीको ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक घटेको छ । नेपाल फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ४७ लाख बढीको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here