पिज्जा वल्र्डको तेस्रो आउटलेट पेप्सीकोलामा, ओपनिङमा २५ प्रतिशतसम्म छुट

काठमाडौं, ९ असोज । काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जा वल्र्ड नेपालले आफ्नो स्थापनाको तीन बर्षको अवधिमा तेस्रो शाखा संचालनमा ल्याएको छ ।

झण्डै दुई बर्ष अगाडि ललितपुरको कुमारीपार्टीमा दोस्रो शाखा विस्तार गरेको पिज्जा वल्र्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो ।

पेप्सीकोला शाखाको बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरे ।

करिब एक करोडको लगानीमा पिज्जा वल्र्डको उक्त शाखा विस्तार गरिएको हो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको पिज्जा वल्र्डले जनाएको छ ।

सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समयभित्रै चेन खोल्न सफल भएको संचालक उद्धव खड्का बताउँछन् ।

बर्षौदेखि स्वदेश तथा विदेशमा पिज्जा रेष्टुरेन्टमा काम गरेका दक्ष युवाहरूबाट सञ्चालित यो पिज्जा वल्र्ड नेपालकै सस्तो पिज्जा रेष्टुरेन्ट पनि हो । जहाँ नेपालकै सबैभन्दा ठूलो साइजको पिज्जा पाइने गरेको छ ।

‘पिज्जा वल्र्ड’ मा चार किसिमका क्रस्टमा ५० प्रकारका पिज्जा उपलब्ध रहेको अर्का संचालक खड्काले बताए । ‘पिज्जा वल्र्ड’ मा मुख्यगरी प्यान पिज्जा, शसेज वाइट्स पिज्जा, चिज लोडेड पिज्जा सहित पास्ता लगायतका स्वादिष्ट्र खानेकुरा उपलब्ध छन् ।

निम्न, मध्यम र सबै खाले बर्गलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो पिज्जा वल्र्ड सस्तो मात्र छैन उतिकै गुणस्तरीय पनि रहेको सञ्चालकको दाबी छ । विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ८० रुपैयाँदेखि एक हजार ८ सय रुपैयाँ सम्म पर्छ ।

रेष्टुरेन्ट विहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहने छ । नयाँ शाखा संचालनको अवसरमा पिज्जा वल्र्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here