दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालक छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार वडा नम्बर ३ की अञ्जली बेस्रा छोराहरू ८ वर्षीय विशाल र २ वर्षीय आयुष बेस्रासहित मृत फेला परेकी हुन् ।

आमा झुन्डिएको अवस्थामा भेटिएकी छन् भने छोराहरु ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्। घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादी प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् अहिले वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here