दक्षिण अफ्रिकाविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै, टोलीमा एक परिवर्तन

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो फिल्डिङ गरेको छ । वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

समुह चरणको अन्तिम खेल खेल्न लागेको दक्षिण अफ्रिका यसअघि नै शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगिसकेको छ। नेपाललाई सुपर ८ मा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ।

नेपालको सुरुवाती ११ः

कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने र अविनास बोहोरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here