पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए

काठमाडौं । पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन्। कास्कीको पोखरा महानगरपालिका-३३, बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खाल्डो खनिएको थियो।

बरपौवाका नौ वर्षीय गणेश विक असार १ गते बेलुका ५ बजे खाल्डोमा खसेका थिए। स्थानीय बासिन्दाले उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो। सशस्त्र बलको नं. २४ कालिका गणबाट गएको टोलीले आइतबार बिहान बालकको शव निकालेको हो। पुलका लागि खनेको खाल्डो करीब २० फिट गहिरो थियो। गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी बलले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here