दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा पुगेको हो ।

यसदिन ३१७ कम्पनीको ५ अर्ब ४७ करोड २२ लाख ४७ हजार ५५१ रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १ वटा बाहेका सबैको घटेको छ ।

आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड ४० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा आज नेपाल फाइनान्स शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here