दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको सो कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।

गत चैत १२ गते सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो।

गत जेठ १४ मा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको थियो ।

उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ को बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले भने अदालतको आदेशको न्यायिक पुनरावलोकनको माग राखेका छन् ।

कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने डा.गोविन्द केसीले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here