४० सेकेण्डमा १ जनाले गर्छन् आत्महत्या, इन्टरनेट मूख्य कारक

काठमाडौं । आत्महत्याको दर विश्वभर दिनदिनै बढ्दो छ । त्यसमा पनि आत्महत्या गर्ने अधिकांश किशोरकिशोरीहरु रहेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्याको मूख्य कारक डिप्रेशन, रक्सि, अपमान आदी मुख्य घटनाक्रम मानिएतापनि पछिल्लो समयमा इन्टरनेट पनि एक प्रमुख कारक तत्वका रुपमा विकास हुँदै गएको छ ।

इन्टरनेट

इन्टरनेमा विशेषगरी सामाजिक सञ्जालहरु आत्महत्याको मुख्य कारकको रुपमा विकास हुँदै छ । म्यासेज, फेसबुट ट्वीटर जस्ता सामाजिक सञ्जाल, गेम्स तथा अन्य विभिन्न प्रकारका इन्टरनेटका प्रकारहरु मृत्युको प्रमुख कारक बनेको हो ।

यस्तोमा कोही व्यक्तिहरु नक्कली आइडी वा एप्लीकेशन बनाएर उनीहरुलाई आफ्नो जालमा फसाउँछन् र उनीहरुलाई व्यक्तिगत सूचना, फोटो, भिडीयो आदीको माध्यमबाट ब्ल्याक मेल गर्छन् ।

यस्तो काममा यूवाहरु धेरै छिटो फस्ने गर्छन् । किनकी यूवाहरु छिटो विपरीत लिङ्गीप्रति आर्कषित हुने गर्छन् । एकअर्कालाई आफ्ना सबै व्यक्तिगत सूचना आदनप्रदान गर्ने गर्छन् ।

अन्त्यमा उक्त व्यक्तिले विश्वासमा घात गर्छ र अनेक प्रकारको ब्ल्याक मेल गर्छन् । जसको कारण यूवाहरुमा आत्महत्याको दर बढ्दै छ ।

अश्लील फोटो तथा भिडियो

पछिल्लो समय जुन गतिमा युवाहरुले इन्टरनेट प्रयोग गरिरहेका छन् सोहि गतिमा यूवाहरुको जिन्दगी खुम्चिदै छ ।

सामाजिक सञ्ञजाल, डेटिङ एप, वेभ साईड तथा निजी म्यासेज ग्रुपमा मानिसहरु यति छिटो घुलमिल हुन्छन् । उनीहरु आफ्नो व्यक्तिगत सूचना तथा फोटोहरु आदानप्रदान गरिहाल्छन् ।

धेरैजसो मानिसहरु यस्तो फोटो तथा भिडियो गलत रुपमा कुनै सामाजिक सञ्जालमा भाईलर बनाईदिने गर्छन् । यसको कारण बेइज्जत हुने डरले उनीहरु डिप्रेशनको शिकार हुने गर्छन् ।

अन्त्यमा कुनै बाटो नदेखेर उनीहरु आत्महत्याको बाटो रोज्ने गर्छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here