उपत्यकावासी शुक्रबारदेखि मेलम्ची खानेपानी नपाउने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारा बन्द सम्भावना रहेको समितिले जनाएको हो।

योसँगै उपत्यकावासी यही शुक्रबारदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here