जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली

एजेन्सी । युरो २०२४ मा आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह एको खेलमा हङ्गेरीलाई २–० गोलले पराजित गर्दै जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

खेलको २२ औँ मिनेटमा जमाल मुसियालाले जर्मनीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा गुन्डोगानले गोल गर्दै टोलीलाई सहज जित दिलाए । २ खेलपछि ६ अङ्क बटुलेर जर्मनी समूह एको शीर्ष स्थानमा छ । १ खेलबाट ३ अङ्कसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहेको स्वीजरल्याण्डको २ खेलबाट ४ अङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here