विदेशी मुद्राको विनिमय दर, बढ्यो अधिकांशको मूल्य

काठमाडौं । बिहीबार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनियम दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी बेलायती पाउन्ड बुधबार एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा रहेकोमा आज खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंकले एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६८ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५२ पैसा तोकेको छ ।

यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयँ ४४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ २८ पैसा तोकिएको छ । मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर मूल्य २८ रुपैयाँ ४४ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here