फोन पे मा मर्चेन्टको संख्या ५० हजार नाघ्यो, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक

काठमाडौं, १० असोज । ५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी ’फोन पे’ ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ ।

यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले रू १ हजार, २ जना मर्चेन्टले रू ५ हजार, १ जना मर्चेन्टलले रू १०,००० प्राप्त गर्न सक्नेछन् ।

यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ । साथै एजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिने बताईएको छ ।

यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइनेछ ।

फोन पे नटेवर्क , बैंक , ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here