भारतको अपराजित यात्रा जारी, अफगानिस्तान ४७ रनले पराजित

India's Virat Kohli, right, plays a shot during the ICC Men's T20 World Cup cricket match between Afghanistan and India at Kensington Oval in Bridgetown, Barbados, Thursday, June 20, 2024. (AP Photo/Ricardo Mazalan)

एजेन्सी । आईसीसी टी- २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।

सुरुवाति ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । १८२ रनको विजय लक्ष्य पछ्याएको अफगानिस्तान १३४ रनमा समेटिएपछि भारतले ४७ रनको जित निकालेको हो ।

भारतका लागि सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै हार्दिक पाण्ड्याले ३२ रन जोड्दा विराट कोहली २४ तथा रिशव पन्त २० रनमा आउट भए । अक्षर पटेलले १२ रन जोडे भने शिवम दुवे १० रनमा आउट भए ।

अफगानिस्तानका लागि फजलहक फारुकी र राशिद खानले ३/३ विकेट लिए । त्यस्तै नवीन उल हकले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानका अजमतुल्लाह उमरजाईले २६ रन जोडे ।
भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले ३/३ विकेट लिए । त्यस्तै कुलदीप यादवले २ विकेट लिएको खेलमा अक्षर पटेल र रवीन्द्र जडेजाले १/१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here