एभरेष्ट वेसक्याम्पबाट साइकलमा बत्तिदै लुक्लातर्फ…

काठमाडौं, ११ असोज । सगरमाथाको फेदी । विश्वका धेरै पर्यटकका लागि यो एक ड्रीम डेस्टिनेशन हो । किनकी यो क्षेत्रमा पुग्नु चानचुने काम होइन ।

शाहसिक पदयात्राको उत्कष्ट नमुनामध्ये यो एक हो । त्यसकारण त हरेक वर्ष हजारौं पर्यटकको लावालस्कर सगरमाथाको आधार शिविरतर्फ गएको पाइन्छ । यसले नेपालको पर्यटकीय छविलाई संसारभर उजागर गरिरहेको छ ।

यसै मेसोमा अब शाहसिक पर्यटकहरुले थप एक प्रडक्टको आनन्द उठाउन पाउने भएका छन् । नेपालमा साहसिक पर्यटन गतिबिधि संचालन गरिराखेको कम्पनी हिमालय एक्सपीडीसन्सले नयाँ टुरिजम प्रडक्ट ’बाइक माउन्ट एभरेष्ट’को औपचारिक घोषणा गरेको छ ।

एभरेष्टको वेसक्याम्पसम्म पदयात्रा गरी पुगेका पर्यटकले अब साइकलबाट लुक्लातर्फ झर्ने एक अनौठो तर रोमान्चक यात्राको फाइदा लुट्न सक्ने भएका छन् ।

हिमालय एक्सपीडीसन्सका अध्यक्ष बिक्रम पाँडेले ’बाइक माउन्ट एभरेष्ट’ ले पर्यटकलाई सगरमाथा क्षेत्रमा अफ सिजन (जुन देखि सेप्टेम्बरसम्म) का बेला साइकल बत्याउँदै उच्च हिमाली भेगका शेर्पा बस्तिहरुको दृश्यपान गराउने बताउँछन् ।

बाइक माउन्ट एभरेष्ट एक साइक्लिंग गतिबिधि हो । सहभागि आम पदयात्री जस्तै पहिले पदयात्रा गर्दै सगरमाथाको आधार शिविर पुग्नेछन् ।

तर फर्कने क्रममा, उनीहरु साइकल बत्याउँदै संसारकै एक उत्कृष्ट साहसिक गतिबिधिको आनन्द लिंदै तल झर्छन् ।

अनुभवी गाइडको निगरानीमा साइकल कुदाउँदै तल झर्दा अचम्म मान्दै हेरिरहेका स्थानीय शेर्पा, बिदेशी पदयात्री र उग्राईरहेका याकको दृश्यले यात्रालाइ स्मरणीय बनाउनेछ ।

यात्रा प्राबिधिक रुपमा निकै गाह्रो भए पनि, त्यसले दिने रोमान्चकता अकल्पनीय हुनेछ ।

सगरमाथाको कठिन भौगोलिक बनोटका बाबजुत बाइक माउन्ट एभरेष्ट सुरक्षित छ र विश्वका अन्य ठाउँमा एडभेन्चर साइकल यात्रा गरेका यात्रीले सजिलै यो यात्रा गर्नसक्ने हिमालय एक्सपीडीसन्सका अपरेसन्स म्यानेजर दिपक राइले बताए ।

प्राबिधिक टोलीले केहि महिना अघि सगरमाथा आधार शिबिर देखि लुक्ला सम्म साइकल कुदाएर रुटको रेक्की सफलतापुर्वक सम्पन्न गरि ट्रेललाइ ’साइकल चलाउन योग्य’ भनि प्रमाणित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here