जिम्बाब्वेसँग हार्यो नेपाल, आज सिंगापुरको सामना गर्दै

काठमाडौं, ११ असोज । टेस्ट मान्यता प्राप्त जिम्बाब्वेसँग नेपाल पराजित भएको छ । सिंगापुरमा जारी त्रिदेशिय टी २० क्रिकेट सिरिजमा नेपाल जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको हो ।

सन्दिप लामिछानेले बलिङ र सोमपाल कामी तथा दिपेन्द्रंिसहं ऐरीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडी चल्न नसक्दा नेपाल पराजित भएको हो ।

शुक्रबार सम्पन्न खेलमा पहिले याटिङ गरेको नेपाललेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्र जोड्न सक्यो ।

जवाफी याटिङमा उत्रिएको जिम्बावेले ११ बल बाँकि छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टयो । नेपालका सन्दिप लामिछानेले ४ ओभरमा ३ विकेट लिँदा मात्र १५ रन दिएर उत्कृट प्रदर्शन गरे ।

तर, अन्य बलरले भने जिम्बावेलाई रोक्न सकेनन् । सिरिज अन्तर्गत नेपाल र सिंगापुर शनिबार भिड्दैछन् । सिरिजमा हरेक टीमले एक अर्काविरुद्ध दुई दुई खेल खेल्नेछन् । टेवलमा प्रथम र दोस्रो स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here