धेरै सन्तान जन्माउन नगरपालिकाको प्रोत्साहन, तेस्रो सन्तानदेखि १० हजार दिने

काठमाडौं । जनसंख्या बढी भए गरिबी, भोकमरी, अशिक्षाजस्ता दर्जनौं कठिनाई हुने गरेको त हामी सबैले सुनेकै हौं । तर, जसले धेरै सन्तान जन्माउँछ, उसलाई बढी सुविधा दिने ‘अफर’ दोलखा भीमेश्वर ले ल्याएको छ ।

गाउँ वस्तीहरु पातलिँदै गएको भन्दै २ भन्दा धेरै सन्तान जन्माए हरेक सन्तानको नाममा दोलखा भीमेश्वर नगरपालिकाले रु. १०,००० दिने घोषणा गरेको हो ।

आर्थिक वर्षदेखि ‘तेस्रोदेखिको सन्तान, भीमेश्वरको वरदान’ उज्यालो भविष्य कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।

जन्मदर घट्दै गएका कारण भर्ना दर घटेर सामुदायिक विधालयहरुमा विद्यार्थी अभाव भएको तथा गाउँ वस्तीमा समेत मानिसको संख्या पातलो हुँदै गएका कारण यस्तो कार्यक्रम ल्याउन लागिएको पाँचौं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपप्रमुख कमला बस्नेतले बताएकी हुन् ।

नीति तथा कार्यक्रममा बस्ती जोगाउन तथा मानव संख्या बढाउन जनसंख्या बढाउनुको विकल्प नभएको उल्लेख छ । यो कार्यक्रम लागु भएपछि भीमेश्वर नगरपालिकाका बासिन्दाले तेस्रो सन्तान जन्माउँदा देखि १० हजार रुपैयाँका दरले बैँक खाता प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here