झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा झरेको हो ।

यसदिन ३१७ कम्पनीको ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेक अरुसबैको घटेको छ ।

आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । घट्दो बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको ।

घट्दो बजारमा पनि आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत् र नेपाल फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले भने सर्वाधिक ६.५८ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here