काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट, पूर्वाधार विकासमा ६१.२० प्रतिशत

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ। महानगरको १५ औँ नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन्।

उक्त बजेटमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख, संघीय राजस्व बाँडफाँटबाट १ अर्ब ९९ करोड २० लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट ५५ करोड, स्थानीय राजस्व बाँडफाँटबाट १० करोड ५० लाख, समानिकरण अनुदानबाट ८० करोड, प्रदेश सरकार समानिकरण अनुदानबाट १० करोड, आन्तरिक जनसहभागिताबाट ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट १ अर्ब ४५ करोड र बाग्मती प्रदेश सरकारबाट ४ करोड ४७ लाख सहित महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार जम्मा हुने अनुमान गरिएको छ । त्यसबाहेक महानगरले सञ्चालन गरेको जग्गा एकीकरण आयोजनाबाट १ अर्ब ५० करोड आम्दानीको अनुमान गरिएको छ ।

संकलित स्रोतमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ रकोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ। पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ६१.२० प्रतिशत हो ।

सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको १५.७५ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here