अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं । अष्ट्रेलियाविरुद्ध जीत हात पर्दै भारत आइसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ चरणको आफ्नो अन्तिम खेलमा गएराति अष्ट्रेलियालाई २४ रनले हराउँदै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले ४३ बलमा ७६ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । स्ट्रेलियाको सेमिफाइनल यात्रा बंगलादेशको हातमा पुगेको छ। यदि बंगलादेशले मंगलबार हुने खेलमा अफगानिस्तानलाई पराजित गरेमा मात्र अष्ट्रेलियाको सेमिफाइनल सम्भावना बाँकी रहन्छ। अन्यथा टोली ‘सुपर आठ’ बाटै घर फर्किने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here