नेप्सेमा सामान्य अंकको सुधार, ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण

काठमाडौं । शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको हो ।

यसदिन ३१९ कम्पनीको ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक बढेको छ ।

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

‘ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५’ को मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज आरएसडीसी लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८३ लाख रुपैयाँ बढीको २ लाख २४ हजार ९९२ कित्ता शेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८४/८५ र मकर जितुमाया सुरी हाइड्रोपावरका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आज साधना लघुवित्तका शेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here