प्रतितोला १२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

फाइलफोटो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला ४१ हजार ८ सय रुपैयाँ पुगेको हो ।

त्यसैगरी आज आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १७ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here