११ कक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन माग गरेको छ । महानगरले शुक्रबार एक सूचना जारी गर्दै छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीलाई आवेदन माग गरेको हो ।

महानगरले अन्तर्गतका संस्थागत शिक्षण संस्थामा महानगरले योग्य विद्यार्थी छनौट गरेर छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने छ ।

इच्छुकले १५ असार विहान १० बजेदेखि २९ असार शनिवार राति ११ :५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । परीक्षा भने ४ साउनका लागि तय गरिएको छ ।

छात्रवृत्ति कार्यक्रमअन्तर्गत कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून र प्राविधिक पढ्न इच्छुक विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here