दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.९ विन्दुमा झरेको हो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ०.३४ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह १.३७ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ८८ लाख रुपैयाँ बढीको १ लाख ४१ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ४९ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ ।

घट्दो बजारमा मुक्तिनाथ कृषि कम्पनीका शेयरधनीले सर्वाधिक ७.०६९ प्रतिशत कमाएका छन् भने मनकामना स्मार्ट लघुवित्तका शेयरधनीले ९.३ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, साधना लघुवित्तको ८.७७ प्रतिशत, गणपति माइक्रोफाइनान्स, मन्दाकिनी हाइड्रोपाव र माउन्टेन हाइड्रको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here