नेपाल आइडल विजेता करण परियारलाई ओलीले दिए सारङ्गी उपहार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । आज (आइतबार) अपरान्ह पार्टी मुख्यालय च्यासलमा बोलाएर करणलाई बधाई दिनुको साथै सारङ्गी उपहार दिएका छन् ।

शनिबार सम्पन्न फिनालेमा बर्दियाको बारबर्दिया नगरपालिकाका करण ‘नेपाल आइडल सिजन ५’ को विजेता चुनिएका हुन् । उनलाई यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बालुवाटार निवासमै बोलाएर बधाई दिएका थिए ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here