थामिएन शेयर बजार, नेप्से साढे ४ अंकले घट्दा २४ करोडको कारोबार

काठमाडौं, १२ असोज । शेयर बजार ओरालो लाग्ने क्रम अझै रोकिएको छैन् । आइतवार नेप्से परिसूचक ४.६६ अंकले घटेर १ हजार १ सय २५.१४ अंकमा पुगेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.९८ अंकले घटेर २ सय ४६.३३ अंकमा झरेको छ ।

आइतवार कारोबारमा आएका मध्ये अन्य र विकास बैंक समुह बाहेक अरु सबैको सूचक घट्यो । सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक १.८३ अंकले घट्यो ।

त्यस्तै, र्निजीवन बिमा कम्पनीको १.५२ अंकले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका शेयर धनीले कमाए । आँखुखोलाको शेयर मूल्य ३.७७ प्रतिशत बढ्यो । त्यस्तै, हिमालयन पावर पार्टनरको २.९४ अंकले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन उर्जा विकास कम्पनीका शेयर धनी छन् । हिमालयन उर्जा कम्पनीको शेयर मूल्य ८.०३ प्रतिशत घट्यो । त्यस्तै, सिन्धु विकास बैंकको ६.२९ प्रतिशत बढ्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गर्यो । बैंकले ३ करोड ३६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here