एआईलेले विश्वविद्यालयका विद्यार्थीलाई परीक्षामा हराएपछी

काठमाडौं । एक विश्वविद्यालयले लिएको परीक्षामा सक्कली विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरेर जाँच दिने नक्कली विद्यार्थीले पछाडी पारेका छन् । युनिभर्सिटी अफ रिडिङका अनुसन्धानकर्ताहरुले ३३ जना काल्पनिक विद्यार्थी सिजर्ना गरे र संस्थामा स्नातक मनोविज्ञान डिग्रीको लागि मोड्युल परीक्षाहरूको उत्तर उत्पन्न गर्न एआई उपकरण च्याटजीपीटी प्रयोग गरे।

एआई परिक्षार्थीले अन्य परिक्षर्थीको तुलनामा आधा भन्दा बढी नम्बर ल्याएका थिए ।

यो विशेष गरी चिन्ताजनक विषय हो । किनकि ‘एआई विद्यार्थी’ले वास्तविक विद्यार्थी भन्दा उच्च ग्रेड प्राप्त गरेका छन् । यसरी, विद्यार्थीहरूले एआई प्रयोग गरेर अज्ञात धोका दिन सक्दछन् र त्यसो गर्दा, मेहनत गरेर पढ्ने विद्यार्थीहरु भन्दा राम्रो ग्रेड प्राप्त गर्न सक्दछन्।

अध्ययनको नेतृत्व गरेका एसोसिएट प्रोफेसर पिटर स्कार्फ र प्रोफेसर इटिएन रोस्चले आफ्नो निष्कर्ष विश्वभरका शिक्षकका लागि ‘वेक अप कल’हुनुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here