महानगरले भत्कायो अख्तियार आयुक्त अमात्यको घरको पर्खाल

काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा.अमात्यको घरको कम्पाउण्ड पर्खाल भत्काएको हो । मन्दिरको जग्गा मिचेको भन्दै पर्खाल भत्काएको महानगरले जानकारी दिएको ।

स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिदै आएका थिए । स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर नमानेपछि डोजर लगाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here