मंगलबार उत्साहित बनेका लगानीकर्ता फेरी निरास, ३ अंकमा मा खुम्चियो बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज भने ३ अंकले उकालो लागेको छ । सत्ता समिकरणमा फेरबदलको संकेत देखिएसँगै मंगलबार उच्च अंकले बढेको बजार आज भने झिनो अंकले उकालो मात्र लागेको हो ।

आज कारोबार रकम भने ५ अर्ब नाघेको नेप्सेले जानकारी दिएको छ। कारोबार अवधिभर बुधबार ३ सय १४ कम्पनीका १ करोड ७१ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच भएको छ । सोबाट कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ माथि पुगेको छ ।

१ सय १ कम्पनीको सेयर मुल्य उकालो लागेको छ । आज १ सय ३६ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here