नागढुंगा-नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

फाइल फोटो

काठमाडौं । नागढुंगा-नौबिसे सडकखण्ड (त्रिभुवन राजपथ) दुई रात बन्द हुने भएको छ । धादिङको नौबिसे खोला पुलको ‘ग्रिडर लन्चिङ’को काम गर्नुपर्ने भएकाले आज र भोलि (असार १९ र २० गते) राति उक्त सडक बन्द हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उक्त सडक राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुनेछ ।

उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधन पूर्ण रूपमा रोकिने उनले बताए ।

दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गका रूपमा धार्के-सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here