विकास बैंक चम्किँदा दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ४ कारोबार दिनमै नेप्से ८३ अंकले बढेको छ ।

बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारेबार रकम १ अर्ब ४० करोड रुपैयाँ बढेर ६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड ९ लाख रुपैयाँ बढीको ४ लाख २८ हजार ८३६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ कम्पनीको घटेको छ ।

बढ्दोे बजारमा आज आँखुखोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यसैगरी, समाज लघुवित्त ९.२३ प्रतिशत, आरम्भ चौतारी लघुवित्त ७.३३ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here